कञ्चनपु – नेकपा माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र-१ मा पूर्वमन्त्री विना मगरको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
आज प्रतिनिधिसभाको लागि मगरको एकल नाम सिफारिस गरिएको हो । अघिल्लो पटक उहाँ कांग्रेस उम्मेदवार देवानसिंह विष्टलाई १९ हजार ५८४ मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्य हुनु भएको थियो ।
३९ हजार २१ मत प्राप्त गरेर मगर विजयी हुँदा विष्टले १९ हजार ४३७ मत ल्याउनु भएको थियो ।
मगर २०७० सालको दोस्रो संविधान सभामा भने पराजित हुनु भएको थियो । उहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी हुन् ।
प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा मगर सिफारिस हुँदा जिउलाल चौधरी, प्रेम सिह बोहरा, मनोहर राना, मन्कु चौधरी, गोपाल काफ्ले, राम बहादुर देउकर(रक्तविज) र सीता विक समानुपातिकमा सिफारिस भएका छन् ।
प्रदेशसभा (क) बाट कञ्चन गिरी, दीपक तिमिल्सिना, दीपक बिसी(आदर्श), भक्ता राना, लोकेन्द्र लम्साल प्रत्यक्ष र कृष्ण पण्डित, पदम परियार, फुल्लन राना, बिरबल विश्वकर्मा, भागुराम चौधरी, रिता विक समानुपातिकमा सिफारिस भएका छन् ।
पुष्कल चौधरी, राजेन्द्र जोशी, रामलाल राना प्रदेश (ख) मा प्रत्यक्षमा उम्मेदवारका लागि सिफारिस गरिएका छन् । यसैगरी समानुपातिकमा गणेश सुनार, चन्द्र सिंह विक, नन्द्रकिशोर एसके, दिपा चौधरी र सहबिर सुनार सिफारिस भएका छन् ।





प्रतिक्रिया