कैलाली – नेकपा एमाले कैलाली क्षेत्र-५ प्रदेशसभा २ बाट युवा नेता बिनय शाह सिफारिस भएका छन् ।
एमाले क्षेत्रीय कमिटीको बैठकले युवा नेता शाहलाई कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा २ बाट सिफारिस गरेको हो ।
राष्टिय युवा संघ सुदूरपश्चिमका संयोजक तथा एमाले कैलाली जिल्ला कमिटी सदस्य समेत रहेका शाह युवा तथा बौद्धिक नेताको रुपमा परिचित छन् । २०६२ सालमा अनेरास्ववियुबाट राजनीति सुरु गरेका शाहले एमालेको राजनीतिमा प्रवेश गरेका हुन् ।





प्रतिक्रिया