राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिगलाई भक्तपुरको चाँगुनारायणस्थित रिसोर्टमा दुई घण्टा राखेको भेटिएको छ ।
चाँगुनारायण नगरपालिका–८ सुडालस्थित बोजिनी रिसोर्टमा सन्दीप र नाबालिग इन्ट्री भएको लगबुक भेटिएको हो।
भदौ ५ मा सन्दीपले आफूलाई नगरकोटस्थित विभिन्न होटलमा घुमाएर फर्केपछि राति एयरपोर्टस्थित होटल ‘काठमाडौं इन’मा लगेर पटक-पटक बलात्कार गरेको १७ वर्षीया नाबालिगको आरोप छ । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ।
त्यहाँबाट निस्केपछि सन्दीपले ती बालिगलाई काठमाडौं ल्याएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पीडितले प्रहरी वृत गौशालमा दिएको जाहेरीमा भनिएको छ– ‘नगरकोटबाट फर्केर ११ बजेर ५५ मिनेटमा सन्दीपले मलाई काठमाडौं इनमा लगेका हुन्, १२ बजेर २५ मिनेटपछि पटक-पटक बलात्कार गरे ।’
बलात्कार आरोपमा सन्दीपलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमती दिएको छ । लामिछाने अहिले क्याराबियन प्रिमियर लिग क्रिकेट खेल्नका लागी जमैकामा छन् ।
प्रतिक्रिया