अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, कार्यदलको प्रतिवेदनमाथि छलफल हुने

गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, कार्यदलको प्रतिवेदनमाथि छलफल हुने


सत्ता गठबन्धनका शीर्ष नेतृत्वको बैठक बस्ने भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सिट बाँडफाँटबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

कार्यदलले तयार गरेको प्रतिवेदनको अध्ययनपछि शीर्ष नेतृत्वले थप छलफल गरेर सिटको भागबण्डा टुंगो लगाउने बताइएको छ । कार्यदलले बिहीबार शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाएको थियो । कार्यदलले गठबन्धनबीच सिटबारे सहमति जुटेको क्षेत्र र नजुटेको क्षेत्र समेटेर प्रतिवेदन तयार गरी बुझाएको थियो ।