नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री पदको दौडमा नरहेको बताएका छन् । पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नरहेको र निर्वाचनपछि मत परिणामको आधारमा प्रधानमन्त्रीको टुंगो लाग्ने बताए ।
उनले गठबन्धनमा सिट बाँडफाँटमा ठूलो असहमति नरहेको भन्दै शीर्ष नेताहरुको बैठकले सहमति जुटाउने बताए । विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आएको भन्दै अध्यक्ष प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने बताए ।





प्रतिक्रिया