अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मकवानपुरको दुर्गम चेपाङ बस्तीमा झोलुङ्गे पुल

मकवानपुरको दुर्गम चेपाङ बस्तीमा झोलुङ्गे पुल


मकवानपुर – मकवानपुरको चेपाङ बस्ती रहेको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा रु ४६ लाख १८ हजारको लागतमा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

राक्सिराङ–७ स्थित स्थानीय शङ्कर खोलामा एक सय १४:३० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको गाउँपालिकाले जनाएको छ। नेपाल सरकारको झोलुङ्गे पुल निर्माण क्षेत्रगत कार्यक्रमअन्तर्गत सो पुल निर्माण भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भन्नुभयो ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा तथा गाउँपालिका अध्यक्ष मल्लले संयुक्तरुपमा आज सो पुलको उद्घाटन गर्नुभएको हो । पुल निर्माण भएपछि राक्सिराङ–७ का दुई सय ५० घरधुरीका करिब दुई हजार जनसङ्ख्या लाभान्वित भएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । विसं २०७८ वैशाखमा सो पुल निर्माण सुरु भएको थियो ।

सो अवसरमा राज्यमन्त्री प्रजाले चेपाङ समुदायको विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारले सहयोग पु¥याउनुपर्ने आग्रह गर्नुभयो ।