अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा नेपालका उपाध्यक्ष राय एमालेमा प्रवेश

राप्रपा नेपालका उपाध्यक्ष राय एमालेमा प्रवेश


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो । उहाँ पार्टी  प्रवेशका लागि अध्यक्षको निवास बालकोट जानुभएको थियो ।

सल्यान जिल्लाको शारदा नगपालिका वडा-३ निवासी राय २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्थ्यो ।

नेता राय सल्यानमा बौद्धिक, प्रभावशाली र प्रतिष्ठित नेताका रूपमा चिनिनुहुन्छ । पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य गुलावजङ्ग शाहको उपस्थिति रहेको थियो ।