अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकता विधेयकमा गठबन्धन सरकारले फोहोरी राजनीति गर्‍यो: अध्यक्ष ओली

नागरिकता विधेयकमा गठबन्धन सरकारले फोहोरी राजनीति गर्‍यो: अध्यक्ष ओली


विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकमा सरकारले भोटको राजनीति गर्न खोजेको आरोप लगाउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले नागरिकता विधेयकमा गठबन्धनले भ्रम फैलाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकार नागरिकता विधेयक प्रतिपक्षले पास गर्न दिएन भनेर विवाद झिकेर जनतामाझ भ्रम फैलाउँदै छ । सरकारको नियत राम्रो छैन। चुनावको मुखमा भोटको राजनीति गर्न खोज्दै छ।’

अध्यक्ष ओलीले नागरिकता विधेयकमा संशोधन प्रस्ताव ल्याउन सरकारसँग आग्रह पनि गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले विचारारार्थ पठाएको विधेयकमा संशोधन गर्न ओलीले सरकारलाई सुझाव समेत दिनुभयो ।

जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने ओलीको भनाइ थियो। उहाँले भन्नुभयो, ‘यो विधेयक फिर्ता लेऊ, जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउनेछन् भनेर विधेयक संशोधन गरे तुरुन्त पास हुनेछ । सरकारले चाहेको खण्डमा यति काम तीन दिनमा हुन्छ ।’

सरकारले नागरिकता विधेयक पास गर्न नचाहेको ओलीको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘सरकार नागरिकता विधेयक पास गर्न चाहँदैन । पास नगर्ने, रोकेर राख्ने, तनाव बढाउने, राष्ट्रिय राजनीतिलाई तनाव र द्वन्द्वतर्फ लान खोज्ने र लोकतन्त्र तर्फ हैन, भिडन्ततर्फ लाने सोच देखिन्छ।’