अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वामपन्थीको सरकार ढाल्नेसँग गठबन्धन हुँदैन : ईश्वर पोखरेल

वामपन्थीको सरकार ढाल्नेसँग गठबन्धन हुँदैन : ईश्वर पोखरेल


काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वाममोर्चाको सम्भावना नै नरहेको दाबी गर्नु भएको छ ।

नेकपा एमालेको मोरङ–काठमाडौं सम्पर्क मञ्चको आज आयोजित कार्यक्रममा बोल्दै उहाँले वामपन्थी सरकार ढालेर वामपन्थीको मुख्य शत्रुलाई सरकारको नेतृत्व दिनेसँग कुनै किसिमको गठबन्धन वा मोर्चा नबन्ने स्पष्ट पार्नुभयो ।

माधव नेपालसँग आफूले ४५ वर्ष काम गरेको र आफूले जति कसैले नबुझेको दाबी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले केपी ओलीसँग रिस उठ्यो भन्दैमा वामपन्थी सिध्याउने गरी अघि बढ्नु ठूलो अपराध रहेको बताउनु भयो । त्यसकारण वाममोर्चा हुनै नसक्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘वाममोर्चा हुन सक्दैन, वामपन्थीहरूका गठबन्धन हुन सक्दैन, वामपन्थको नाममा कुकर्म गर्नेहरू वामपन्थी मोर्चामा आउन सक्दैनन् । यो राजनीतिको यथार्थ हो ।’

‘निर्वाचित पार्टी अध्यक्षलाई हटाउने, प्रधानमन्त्री सदस्यबाट हटाउने र फौजदारी अभियोग लगाएर दण्डित गर्ने, त्यसमा पुष्पकमल दाहालको मतियार बनेर त्यो कुरा ल्याएपछि बुढानीलकण्ठ गएर सरकार बुझाएपछि बाँकी के रह्यो ?’