विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो विरोध गर्नेहरु आज देश बचाउनु पर्यो भन्दै आफ्नो शरणमा आएको बताउनु भएको छ ।
मोरङको विराटनगरमा आज आयोजित नेपाल बुद्धिजिवी परिषद् १ नम्बर प्रदेशको प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हिजो विरोध गर्नेहरु आज देश बचाउनुपर्यो भन्दै आफ्नो शरणमा आएको खुलासा गर्नु भएको हो ।
‘अस्ती बेलुका दुईजना सधैं मेरो चर्को आलोचना गर्ने साथीहरु आउनुभयो, म प्रधानमन्धी छउन्जेलसम्म अति भो भनेर विरोध गर्ने, उहाँहरुले समय किन माग्नुभयो भनेर मैले बोलाएँ, अनि भन्नुभयो- देश बचाउनुपर्यो, देश बचाउन तपाईं अग्रसर हुनुपर्यो, हिजो हामीले खेदेका हौं र अति भो भनेका हौं, अति केही पनि भएको थिएन, सबैले भनेपछि लहलहैमा हामीले पनि अति भयो भन्यौं, अति त भन्या त यस्तो पो हुँदो रहेछ अहिले आएर थाहा पायौं, त्यसबेला त स्वर्ण युग रहेछ भन्नुभयो ।’
त्यसबेला शान्ति, सुव्यस्था, विकास निर्माण, सुशासन, भ्रष्टाचार नियन्त्रण थियो अहिले त सरुवा-बढुवा भ्रष्टाचार, नियुक्ति भ्रष्टाचार,इजाजत भ्रष्टाचार,लाइसेन्स भ्रष्टाचार बढेको उनीहरुले बताएको अध्यक्ष ओलीले सुनाउनुभयो । राज्यको ढुकुटीमाथि खुला डकौती गर्ने काम गठबन्धन सरकारले गरिरहेको अध्यक्ष ओलीले बताउनुभयो ।





प्रतिक्रिया