काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफूविरुद्ध लागेको आरोप बारे बयान दिन महाभियोग सिफारिस समितिको बैठक कक्षमा पुग्नुभएको छ ।
आइतबार मध्यान्ह साढे १२ बजेदेखि सुरु हुने भनिएको जबरासँगको बयान २० मिनेट ढिलो गरी सुरु भएको हो।
चोलेन्द्र बयानका लागि पाँच मिनेटअघि नै सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा पुग्नु भएको थियो । तर बयान लिनका लागि तोकिएका ११ सांसदमध्ये १० जना ढिलो पुगेका थिए । कांग्रेसका सांसद एवम् समिति सभापति रामबहादुर विष्ट मात्रै निर्धारित समयमै सभाकक्षमा पुगेका थिए।
आज समितिले ४३ मध्ये बाँकी सबै ३२ प्रश्नको जवाफ चोलेन्द्रसँग लिन लागेको छ। सभापति विष्टले आज सबै प्रश्न सक्ने गरी बयान तयारी भएको बताउनु भयो ।





प्रतिक्रिया