अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसलाई ७०-८० सिट जित्न गठबन्धन आवश्यक छैन : शेखर कोइराला

कांग्रेसलाई ७०-८० सिट जित्न गठबन्धन आवश्यक छैन : शेखर कोइराला


मोरङ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई ७०-८० सिटको लागि कांग्रेसले कसैसँग गठबन्धन गर्न नपर्ने बताउनु भएको छ ।

गृहजिल्ला मोरङ आइपुग्नु भएका आइतबार आयोजित एक कार्यक्रमका क्रममा यस्तो बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै कोइरालाले पार्टी केन्द्रीय कार्य समितिले नै बहमुतका लागि गठबन्धन गर्ने निर्णय गरिसकेकाले त्यसका लागि १०० सिट कांग्रेसले उम्मेदवारी दिनुपर्ने अडान राख्नुभयो ।

नेता कोइरालाले भन्नुभयो, ‘गठबन्धनबाट चुनावमा जाने पार्टीको निर्णय भएपछि हामीले १०० सिटभन्दा कममा उम्मेदवारी दिन मिल्दैन। हाम्रो सभापतिजी सहितका नेताहरू सिट बाँडफाँटको काममा जुटिराख्नभएको छ। हामीलाई ७०-८० सिट जित्न गठबन्धन आवश्यक छैन।’

एकल बहुमतसहित आफ्नो पार्टी नेतृत्वको सरकार गठन गर्ने पार्टीको केन्द्रीय समितिको निर्णय भएकाले सिट बाँडफाँटमा समेत हुनुपर्ने बताउनु भयो । उहाँले कांग्रेस एक्लैले जितेका प्रतिनिधिसभा र प्रदेशसभामा छाड्न नसक्ने प्रष्ट पार्नुभयो । यसबारे आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भनिसकेको बताउनु भयो । आफूहरूको भनाइलाई बेवास्ता गरेर सभापतिले निर्णय गरे पार्टीमा विद्रोह हुनसक्ने उहाँको भनाइ छ।

अहिले गठबन्धनमा सिट बाँडफाँटको लागि शीर्ष नेताहरूले प्रयास गरिरहेका छन्। एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले हैसियतभन्दा धेरै सिटमा दाबी गरेपछि मिल्न सकेको छैन।  

डा. कोइरालाले २०७४ सालमा कांग्रेस एक्लैले जितेका निर्वाचन क्षेत्र छाड्न गठबन्धनका अन्य दललाई दिन नसकिने पनि कुरा कार्यक्रममा राख्नभयो ।

अध्यक्ष प्रचण्डले १६५ सिटको कांग्रेसलाई आधा आधाको प्रस्ताव गरेका छन् भने माधव नेपालले ७० सिटभन्दा धेरै दिन नसक्ने अडानमा छन्। यता, मधेश केन्द्रित दल जसपाले पनि सम्मानजनक ढंगबाट सिट बाँडफाँट नभए एक्लै चुनावमा जाने चेतावनी दिइसकेको छ।