अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकार देशका हितमा नभएर सत्ता जोगाउन लिप्त छ : अध्यक्ष ओली

गठबन्धन सरकार देशका हितमा नभएर सत्ता जोगाउन लिप्त छ : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार नीतिहीन सरकार भएको बताउनु भएको छ।

गठबन्धन सरकार देशका हितमा नभएर सत्ता जोगाउन जेसुकै पनि गर्न तयार रहेको अध्यक्ष ओलीले बताउनुभयो । ‘यो सरकार खान जन्मिएको, खान बाहेक केही छैन, लुट्न बाहेक केही छैन’, पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै ओलीले भन्नुभयो ।

लुट तन्त्रको अन्त्यको लागि एमालेको सरकार बन्न जरुरी रहेको उहाँले बताउनुभयो । एमालेको सरकार बन्नको लागि आउने चुनावमा पार्टीले बहुमत ल्याउन आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । कसैको बैसाखी टेकेर सरकारमा जाँदा काम गर्न नसकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले नेता कार्यकर्तालाई अहंकार र दम्भको हावा त्याग्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘ज्ञान बढाउनुस्, शैली सुधार्नुस्, आचरण सुधार्नुस् ।’

अध्यक्ष ओलीले कुरा एउटा गर्ने, काम अर्को गर्ने आडम्बरी त्याग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले ‘म को हुँ ?’ भन्ने अहंकार त्याग्न नेता कार्यकर्तालाई सुझाव दिनुभयो । कम्युनिष्टका लागि असल बानी, व्यवहार र आचरण आधारभूत आवश्यकता रहेको उहाँले औँल्याउनुभयो ।