काठमाडौं – सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन बनेको छ। सिट बाँडफाँटका लागि बसेको गठबन्धनको बैठक निष्कर्षविहीन टुंगिएको हो।
आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन भन्दै प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शनिबार बेलुकी बैठक बसेको थियो। तर, कुनै सहमति बन्न सकेको थिएन।
गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन्। सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको छ।





प्रतिक्रिया