अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनको प्रधानमन्त्रीको उमेदवार को रहेछ ? : गोकुल बास्कोटा

गठबन्धनको प्रधानमन्त्रीको उमेदवार को रहेछ ? : गोकुल बास्कोटा


काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको बताउनु भएको छ ।

गठबन्धनका दलहरुलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट गर्न सकस परिरहेका बेला उहाँले यस्तो बताउनु भएको हो ।

‘गठबन्धनको प्रधानमन्त्रीको उमेदवार को रहेछ ? त्यति पनि जनतालाई नभन्ने हो भने यिनीहरु जनतासँग तर्सेकै हुन्,’ बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ । 

गठबन्धनका दलहरु जनतालाई झुक्याउन लागिपरेको उहाँले बताउनुभएको छ । 

‘घ्यु बेचुवा र तलवार बेचुवा राजनीतिले सके जनता झुक्याउने नसके आपसमा एकले अर्कोलाई झुक्काएर छाड्ने न हो,’ उहाँले भन्नुभएको छ ।