अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाही जिसस पूर्वप्रमुख, निवर्तमान चार मेयरसहित चार वडाध्यक्ष एमाले प्रवेश

सर्लाही जिसस पूर्वप्रमुख, निवर्तमान चार मेयरसहित चार वडाध्यक्ष एमाले प्रवेश


काठमाडौं – सर्लाहीका निवर्तमान जिल्ला समन्वय समिति प्रमुख तथा जसपा नेपालका नेता मेथुर चौधरीसहित जिल्लाका प्रभावशाली नेता तथा जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित एक कार्यक्रममा उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले  पार्टी प्रवेश गराउनुभएको हो ।

एमाले प्रवेश गर्नेमा मलंगवा नगरपालिकाका निवर्तमान मेयर निरसल साह, पर्सा गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा नेता किसुनदेव यादव, कौडेना गाउँपालिकाका निवर्तमान अध्यक्ष राजीनन्दन चौधरी हुनुहुन्छ ।

यसैगरी नेपाली कांग्रेसका नेता जुनैद रिजबीसहित चारवटा निर्वाचित वडाध्यक्षपनि एमालेमा प्रवेश गर्नुभएको छ ।  प्रवेश गर्नेमा जसपा नेताहरू बैधनाथ राय, नन्दकिशोर राय, वीरेन्द्र राय, माओवादी नेता सनम नेपाललगायत रहनुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँहरूलाई खादा लगाई  स्वागत गर्नुभयो ।