काठमाडौं – महाभियोग सिफारिश समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग आज २४ वटा प्रश्नको जवाफ सोधेको छ।
बयानको चौथो दिन २४ प्रश्न सोधेपछि हालसम्म ३५ प्रश्नको जवाफ लिइसकेको समितिका सदस्य एक बताउनु भयो । जबरासँग मंगलबार बाँकी प्रश्नको जवाफ लिने भएको छ ।
जबरासँग बयान सकिएपछि यही महिनाको मसान्तभित्रै प्रतिवेदन पेश गर्ने तयारी गरेको छ। जबराविरुद्ध समितिले ४२ वटा प्रश्न तयार गरेको छ।
जबराविरुद्ध गत फागुन १ गते ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए।
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका देव गुरुङ, नेपाली कांग्रेसकी पुष्पा भुसाल र एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ प्रस्तावक रहेको जबराविरुद्धको महाभियोग प्रस्ताव गत वर्ष फागुन २९ गते प्रतिनिधिसभाको बैठकमा पेश भएको थियो। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग सिफारिश समिति बनाउनु भएको थियो ।
उक्त समितिमा मीनबहादुर विश्वकर्मा, शिवमाया तुम्बाहाम्फे, विष्णु पौडेल, लालबाबु पण्डित, कृष्णभक्त पोखरेल, यशोदा सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, कल्याणी खड्का, प्रमोद साह र एकबाल मियाँ सदस्य रहेका छन्।





प्रतिक्रिया