अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डसँग गृहमन्त्री खाण र कानुनमन्त्री शर्माको भेटवार्ता

प्रचण्डसँग गृहमन्त्री खाण र कानुनमन्त्री शर्माको भेटवार्ता


काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा९कोइराला०ले भेटवार्ता गर्नुभएको छ । सोमबार बिहान दाहाल निवास खुमलटारमा उहाँहरुले भेटवार्ता गर्नुभएको हो ।

भेटमा भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । यस्तै भेटमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाणले जानकारी दिनुभयो ।

त्यस्तै भेटमा नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग पूरा गर्ने सन्दर्भमा अहिलेसम्म भएका प्रगतिबारे पनि कुराकानी भएको बताइएको छ ।