अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शोकमै सभामुख सापकोटाको रात्रीभोज, एमाले पनि जाने 

शोकमै सभामुख सापकोटाको रात्रीभोज, एमाले पनि जाने 


काठमाडौं-सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय शोकमै रात्रीभोज दिनुहुने भएको छ । नेपाल सरकारले बेलायती महारानी एलिजावेथको निधनमा घोषणा गरेको राष्ट्रिय शोकमै सभामुख सापकोटाले सोमबार सोल्टी होटलमा रात्रीभोज दिनलाग्नु भएको हो ।

सभामुख सापकोटा रात्रीभोजमा नेकपा एमाले पनि सहभागी हुने भएको छ । एमाले नेता शेरबहादुर तामाङका अनुसार पार्टीले आन्तरिक छलफल गरेर रात्रिभोजमा जाने निर्णय गरेको हो । चिनियाँ जनकांग्रेसका अध्यक्षसहितको पाहुनाको सम्मानमा पनि सापकोटाले रात्रीभोजको आयोजना गर्नुभएको छ । 

उहाँको भोजमा पूर्व सभामुखहरू, पूर्व प्रधानमन्त्रीहरू मन्त्री, राष्ट्रियसभाका अध्यक्ष लगायत शीर्ष नेतालाई निमन्त्रणा दिइएको छ । तर राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रियो शोकको बीचमा भएको रात्रीभोजमा आफू सहभागी नहुने बताउनु भएको छ ।