काठमाडौं- देशका दिगो शान्ती र संविधानको रक्षाका लागि संविधान दिवशका अवसरमा एमालेले वाकाथन आयोजना गर्ने भएको छ ।
प्रचार विभाग उपप्रमुख विष्णु रिजालले दिएको जानकारी अनुसार असोज १ गते वाकाथनको आयोजना गर्न लागिएको हो । रिजालका अनुसार काठमाडौंका पाँच स्थानबाट ५० हजार मानिसहरु एमालेको अगुवाइमा सडकमा निस्कनेछन् । वाकाथनका लागि वानेश्वर,मैतीदेवी,लैनचौर,पुल्चोक र कालिमाटीमा भेला भएर बषन्तपुर जाने कार्यक्रम छ ।

स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फेका अनुसार आज पार्टी कार्यलयमा पार्टीको केन्द्रीय विभागका प्रमुख,उपप्रमुख,सम्पर्क मञ्चका पदाधिकारी र जनसंगठनका प्रमुखहरुको भेलाले उक्त निर्णय गरेको हो ।
संविधान दिवश असोज ३ गते भए पनि निर्वाचन आयोगले जारी गरेको कार्ययोजनामा असोज २ र ३ गते समानुपातिक उम्मेद्वारको सुची बुझाउने दिन भएकोले १ गते नै संविधान दिवश मनाउन लागिएको तुम्हाम्फेले जानकारी दिनुभयो ।





प्रतिक्रिया