अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खाद्यान्न आयातमा भारतले लगाएको कर मिनाहा गर्न व्यवसायीको माग

खाद्यान्न आयातमा भारतले लगाएको कर मिनाहा गर्न व्यवसायीको माग


बुटवाल-उद्योगी व्यवसायीले खाद्यान्न आयातमा लगाइएको अग्रिम कर मिनाहा गर्न सरकारसँग माग गरेका छन् । आइतबार रुपन्देहीका उद्योगी व्यवसायीहरुको साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य संघले सरकारले खाद्यान्न आयातमा लगाउँदै आएको ५ प्रतिशत अग्रिम कर शून्यमा झार्न माग गरेको हो ।

संघले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई ज्ञापनपत्र बुझाउँदै नेपाली उद्योगी, व्यवसायी तथा आम उपभोक्ताहरुलाई राहत हुनेगरी हटाउनु पर्ने माग गरेको छ ।

सरल र सहज तवरबाट शून्य भन्सार दरमा भारतबाट आयात हुँदै आएको धान, चामल निर्यातमा भारत सरकारले शुक्रबारदेखि लागू हुने गरी २० प्रतिशत निर्यात शुल्क लगाएकाले यस्को प्रत्यक्ष मार नेपाली उद्योगी व्यवसायीहरुमा परेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपानेले बताउनुभयो । भारत सरकारबाट धान, चामलमा वृद्धि गरिएको निर्यात शुल्क र कनिका तथा गहुँ निर्यातमा लगाइएको बन्देजले धान, चामल लगायतका खाद्यान्नसँग सम्बन्धित नेपाली स्वदेशी उद्योगहरु बन्द हुने अवस्थामा पुग्ने देखिएको अध्यक्ष न्यौपानेको भनाइ छ ।