देशभर लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुले महामारीको रुप लिन लागेपछि सरकारले सर्वसाधारण र कर्मचारीलाई पूरा बाउला भएको लुगा लगाउन भनेको छ।
डेंगु संक्रमण बढ्दै गएपछि जोगिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेको टोकाइबाट जोगिन पूरा बाउला भएको लुगा लगाउन आग्रह गरेको हो।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले डेंगुको प्रकोप सातै प्रदेशमा पुगेको पनि जानकारी दिनु भयो । उहाँका अनुसार हालसम्म ७५ जिल्लाका आठ हजार २३७ जनालाई डेंगु संक्रमण भइसकेको छ।
प्रतिक्रिया