काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाँच दलिय गठबन्धन सरकारका कारण देश इतिहासकै खराब अवस्थाबाट गुज्रिएको बताउनु भएको छ ।
काठमाडौंको विशालनगरमा पुनर्निर्मित पञ्चकुमारी धर्मशालाको आज उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धन सरकारका कारण सबै क्षेत्र अस्तव्यस्त बनेका बताउनुभयो । सरकारका कारण देशको सुशासन लज्जाजनक अवस्थामा पुगेको उहाँको भनाइ छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले संसद्, न्यायालय र सरकारको अवस्था हेर्दा लाज मान्नुपर्ने अवस्था आएको समेत बताउनुभयो । राजनीतिक दलहरुमा पनि विकृति पैदा भएकाले खबरदारी गर्नुपर्ने जरुरी भएको बताउनु भयो ।
देशलाई सही दिशामा लैजान अहिलेको प्रणालीलाई बलियो बनाउनुपर्ने समेत वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो । दलिय प्रणालीलाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने उहाँको भनाइ छ ।





प्रतिक्रिया