जनकपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसको दलित बस्तीमा आधारभूत विद्यालय बनाइदिने घोषणा गर्नु भएको छ ।
जनकपुरमा आज आयोजित नेपाल बौद्धिक परिषद् मधेस प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो उद्घोष गर्नु भएको हो ।
मधेस क्षेत्र आफैँमा ज्ञानको गहिरो ज्योति भएको ठाउँ भएको अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ज्ञानको गहिरो ज्योति छरिएको यो भूमिका ८० प्रतिशत जनता आज अशिक्षित छन् । सुहाउने कुरा हो ? बिल्कुल सुहाउँदैन । दलित बस्ती र त्यसको आसपासमा तपाईँहरूलाई आवश्यक पर्छ भने एउटा आधारभूत विद्यालय म बनाइदिन्छु ।’
उहाँले मधेस ज्ञान, ध्यान, तपोवन तथा देवभूमी भएको बताउनु भयो । भूमी आज यसरी पिछडिएको हुनु शोभा नदिने ओलीको भनाइ छ ।






प्रतिक्रिया