अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म्यानमार र मलेसियाका लागि नेपाली राजदूतद्वारा शपथ

म्यानमार र मलेसियाका लागि नेपाली राजदूतद्वारा शपथ


काठमाडौं – म्यानमार र मलेसियाका लागि नियुक्त राजदूतहरुले शपथ लिनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार म्यानमारका लागि नेपाली राजदूतमा नियुक्त हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि डिल्लीराज पौडेललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।

राष्ट्रपतिको भवन शीतल निवासमा आयोजित एक समारोहबीच उहाँले राजदूतहरुलाई शपथ खुवाउनुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

समारोहमा परराष्‍ट्र मन्त्री डा. नारायण खड्का लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो ।