जनकपुर – जनकपुरमा आज आयोजित नेपाल बुद्धिजिवी परिषद् प्रथम मधेश प्रदेश अधिवेशनलाई सम्बोधन गर्न आउनु भएका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने तयारीमा रहेका युवालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुर मुरली चोक क्षेत्रबाट ११ जनालाई पक्राउ गरिएको हो । नागरिकताविहीन संघर्ष समितिको आव्हानमा उनीहरू कार्यक्रमलाई अवरोध गर्दै अध्यक्ष ओलीलाई कालो झण्डा देखाउने तयारीमा रहेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा उनीहरूको शरीर खानतलासी गर्दा कालो झण्डा बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कार्यक्रम शान्तिपूर्ण ढंगले सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया