अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश, अध्यक्ष ओलीलाई २०५ किलोको माला (तस्वीर हेर्नुस्)

जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश, अध्यक्ष ओलीलाई २०५ किलोको माला (तस्वीर हेर्नुस्)


जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि र प्रदेशसभा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।

प्रतिनिधिसभा सदस्य रुही नाज र प्रदेशसभा सदस्य अञ्जुकुमारी यादव एमाले प्रवेश गर्नुभएको हो ।  एमाले प्रवेश गर्नुभएका दुबै जसपाका केन्द्रीय सदस्य पनि हुन् ।

यस्तै, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव, जसपाका केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्व राज्यमन्त्री अरबिन्द साहसहितका पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

जनकपुरधाममा भएको कार्यक्रममा उहाँहरु सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला तथा गमछा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।

एमाले अध्यक्ष ओलीलाई २०५ किलोको माला लगाएर स्वागत

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरधाममा २०५ किलोको माला लगाएर स्वागत गरिएको छ।

एमाले जिल्ला कमिटीले तिरहुतिया गाछीमा आयोजना गरेको जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा रघुवीर महासेठ, जुली महतो, जिल्ला अध्यक्ष राजकिशोर यादव लगायतका नेताले उहाँलाई स्वागत गर्नुभएको हो ।

सोमबार पार्टी प्रवेश गराउन जनकपुरधाम आउनु भएका ओलीलाई तिरहुतिया गाछीमा आयोजित कार्यक्रमकाबीच उहाँलाई सम्मान गरिएको हो ।