पोखरा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा आउँदैहुनुहुन्छ । पोखरामा आयोजना हुने नेकपा एमालेको निकट लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न अध्यक्ष ओली पोखरा आउन लाग्नु भएको हो । एमाले केन्द्रीय सदस्य भीम कार्कीका अनुसार पोखरा सभागृहमा हुने उद्घाटन सत्रमा अध्यक्ष ओली १२.३० मा पुग्नुहुनेछ । आजै ३.३० बजे अध्यक्ष ओली काठमाडौं फर्किने कार्यक्रम छ ।





प्रतिक्रिया