अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चामलको मूल्य प्रतिकेजी १५ रुपैयाँ बढ्यो

चामलको मूल्य प्रतिकेजी १५ रुपैयाँ बढ्यो


चामलको मूल्यमा प्रतिकेजी १५ रुपैयाँले बढेको छ । भारतले चामल निर्यातमा कडाई गर्न लागेपछि थोक बिक्रेताले भदौ पहिलो सातादेखि चामलको मूल्य बढाएका हुन् ।

थोक बिक्रेताले चामलको मूल्य बढाएकाले खुद्रा पसलमा पनि मूल्य बढेको बताइएको छ । व्यापारीका अनुसार चामलको मूल्यमा प्रतिकेजी १५ रुपैयाँले बढेको हो । भारतले निर्यातमा कडाई गर्न लागेकाले नेपालमा भदौको पहिलो सातादेखि चामलको मूल्य बढेको अनामनगरका एक व्यापारीले बताउनु भयो । उहाँका अनुसार भारतले निर्यात कर बढाउने निर्णय गरेसँगै नेपालका थोक बिक्रेताले मूल्य बढाउन सुरू गरेका हुन् ।

भारतले खाद्यय निर्यातमा २० प्रतिशत कर बढाएको छ । जसले गर्दा नेपालको उपभोत्ता दसैंको समयमा महँगीको मारेमा परेका छन् ।