भद्रपुर – माछापुच्छ्रे बैंकले भद्रपुरको मेची बहुमुखी क्याम्पसलाई रु.७ लाख रूपैयाँ नगद सहयोग प्रदान गरेको छ ।
बैंकका सिईओ सन्तोष कोइरालाले क्याम्पस प्रमुख जीवन पोखरेललाई क्याम्पसको प्रांगणमा निर्माण हुने स्टेजका लागि उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
क्याम्पस प्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्याम्पस संचालक समितिका अध्यक्ष प्राडा पृथ्वी विक्रम राईले बैंकलाई धन्यवाद दिनुभयो ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत यो रकम दिइएको सिइओ कोइरालाले बताउनुभयो । कार्यक्रममा प्राध्यापक, कर्मचारी, विद्यार्थी, संचालक समितिका सदस्य र बैंकका कर्मचारी लगायतको उपस्थिति थियो।







प्रतिक्रिया