अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआइसी एशिया बैंकले ल्यायो दशैं अफर

एनआइसी एशिया बैंकले ल्यायो दशैं अफर


काठमाडौं – एनआइसी एशिया बैंकले दशैंको अवसरमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने गरी दराजसँग सम्झौता गरेको छ ।

सम्झौता यही भदौ २९ देखि २०७९ असोज ११ सम्म लागू हुनेछ। योजनाअनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ भने क्रेडिट कार्डमार्फत खरिद गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ।

चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो । आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आइसर्भ मार्फत एवं एपमार्फत सोझै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको फाइदा उठाउन सक्ने बैंकले जनाएको छ ।

बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिएको बैंकको दाबी छ ।

हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा करिब ३ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित छ ।