अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारले लुटतन्त्र मच्चाएको छ: अध्यक्ष ओली

गठबन्धन सरकारले लुटतन्त्र मच्चाएको छ: अध्यक्ष ओली


पोखरा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले सत्ताको चरम दुरुपयोग गरिरहेको बताउनुभएको छ ।

पोखरा सभागृहमा आज आयोजित पार्टी निकट लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले देशलाई बर्बादीको दिशातिर धकेलिरहेको बताउनुभयो ।

परमादेश सरकारले लोकतन्त्रलाई धरापमा पारेको उहाँको भनाइ छ । गठबन्धन सरकारले प्रतिपक्षीमाथि अनेक झुठो आरोप लगाइरहेको भन्दै उहाँले आपत्ति जनाउनुभयो। अहिलेको गठबन्धन सरकारले राष्ट्रियतामा खतरा पुर्‍याइरहेको पनि बताउनुभयो।

सत्ता जोगाएर लुटतन्त्र मच्चाउने बाहेक गठबन्धनको अरु कुनै उद्देश्य नभएको अध्यक्ष ओलीले बताउनुभयो । देश र जनतालाई गठबन्धनले बेवास्ता गरिरहेको समेत उहाँले बताउनुभयो ।

करका दर हेरफेर गरेर सोझै देशको ढुकुटी लुट्ने काम गठबन्धन सरकारले गरिरहेको पनि अध्यक्ष ओलीले बताउनुभयो । मंसिर ४ को चुनाव एमालेले जित्नैपर्ने बताउनुभयो ।

देश, जनता,लोकतन्त्र, शान्ति सुव्यवस्था, राष्ट्रियताको रक्षा, विकास र समृद्धिका लागि एमालेले संघ र प्रदेशको चुनाव जित्नैपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।

वृद्धभत्तामाथि कांग्रेस माओवादीले भोटको राजनीति गरिरहेका अध्यक्ष ओलीले बताउनुभयो । वृद्धभत्ता दिने उमेर २ वर्ष घटाएर कांग्रेस र माओवादी केन्द्रले भोट धेरै पाउने आस गरेका बताउनुभयो। वृद्धभत्ताको ब्राण्ड एमाले भएको भन्दै उहाँले भोट बढाउन गठबन्धन सरकारले यसको दुरुपयोग गरेको बताउनुभयो ।