अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश र जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्र हो : केपी शर्मा ओली

देश र जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्र हो : केपी शर्मा ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको तुलना कुनै पनि पार्टीसँग हुन नसक्ने बताउनु भएको छ ।

पोखरामा आज आयोजित पार्टी निकट लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश र जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै भएको बताउनुभयो । देश बनाउने, जनतालाई सुख दिने राष्ट्रियताको रक्षाका लागि उभिने पार्टी एमाले आफैंमा एउटा ब्राण्ड भएको उहाँको भनाइ छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एमालेले बहुमत ल्याउने पनि अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मंसिर ४ को चुनावमा विश्वले नसोचेको नतिजा एमालेले ल्याउनेछ ।’

जनता जागेपछि कसैले केही गर्न नसक्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले जनता जगाउनुछ ।’ मंसिर ४ को चुनाव एमालेले जित्नैपर्ने भन्दै उहाँले एमालेले चुनाव नजिते गठबन्धन सरकारले देशलाई रणमैदान बनाउने खतरा रहेको समेत बताउनुभयो ।

एमालेको आलोचना गर्ने कुनै विषय नपाएपछि विरोधीहरुले बुढो मानिसलाई उम्मेदवार बनाउन नहुने भनिरहेको भन्दै अध्यक्ष ओलीले आपत्ति जनाउनु भयो ।