निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न १२ राजनीतिक पार्टीलाई बोलाएको छ । आज बिहान १२ बजे आयोगको कार्यालयमा निर्वाचन आचारसंहिताबारे छलफलका लागि बोलाएको हो ।
आयोगले राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहिताप्रति प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाएका छन् । त्यसपछि आयोगले समसामयिक विषयमा छलफल गर्न प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई बोलाएको हो ।
आयोगको आचारसंहितामा प्रधानमन्त्री, मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरु राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई खटिन नपाउने व्यवस्था छ ।





प्रतिक्रिया