अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दसैँका लागि नयाँ नोट साट्न सुरु

दसैँका लागि नयाँ नोट साट्न सुरु


काठमाडौं – दशैं, तिहार र छठ पर्वका लागि भन्दै नेपाल राष्ट्र बैंकले आज (बुधबारदेखि) नयाँ नोट साट्न सुरु गरेको छ।

राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजैदेखि नयाँ दिन थाले पनि उपत्यका बाहिर २ असोजदेखि नयाँ नोट साट्न व्यवस्था मिलाइएको छ।

नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराए पनि सर्वसाधारणका लागि भने आजदेखि सटही सुविधा खुला गरिएको हो ।