अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई आरोप पुष्टि गर्न पूर्व न्यायाधीश फोरमको चुनौति

प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई आरोप पुष्टि गर्न पूर्व न्यायाधीश फोरमको चुनौति


काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अभिव्यक्तिप्रति पूर्वन्यायाधीश फोरमले ध्यानकर्षण भएको जनाएको छ।

फोरमका अध्यक्ष टोपबहादुर सिंहले विज्ञप्ति जारी गर्दै महाभियोग सिफारिस समितिमा आफूहरूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘पूर्वन्यायाधीश फोरमसँग आबद्ध पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न समेत चुनौती छ।’