काठमाडौं – नेकपा एमालेका सांसद महेश बस्नेतले सामाजिक सञ्जालमार्फत नेता तथा कार्यकर्ताको बदनाम गर्न अन्तर्राष्ट्रिय मिसन लागिपरेको बताउँनुहुँदै उनीहरूलाई सरकारले कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै बस्नेतले सूचना प्रविधि ऐनलाई व्यवस्थित गर्दै यस्ता शक्तिहरूलाई कारबाही गर्न सरकारसँग माग गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘केही बौद्धिक अराजकतावादी, अभियन्ताहरु, स्वतन्त्रकर्मीहरू, केही जनप्रतिनिधिहरू साइबर क्राइमलाई आकर्षित हुने गरी वायर रुम सञ्चालन गर्दै सोसल मिडियालाई दुरुपयोग गर्दै सिस्टमलाई बिथोल्ने, पार्टी व्यवस्थालाई बिथोल्ने, नेता कार्यकर्तालाई बदनाम गराउने गतिविधि गरिरहेका छन् हाम्रो संस्कारलाई समाप्त गर्ने गतिविधिहरू गरिरहेका छन् । त्यस्ता तत्त्वहरू अन्तर्राष्ट्रिय मिसनबाट परिचालित छन् भन्ने मेरो निष्कर्ष हो ।’
प्रतिक्रिया