अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब माछापुच्छ्रे बैंकको मोबाइल एप र वेबसाइटबाटै रेमिट्यान्स प्राप्त गर्न सकिने

अब माछापुच्छ्रे बैंकको मोबाइल एप र वेबसाइटबाटै रेमिट्यान्स प्राप्त गर्न सकिने


काठमाडौं – माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ एप र वेबसाइटबाट सजिलै अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सक्ने सुविधा सञ्चालनमा ल्याएको छ।

यस सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप वा वेबसाइट मार्फत अमेरिका र युरोपबाट नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन्।

अत्याधुनिक प्रविधियुक्त रेमिट्यान्स पठाउने सुविधा अन्र्तगत अमेरिका र युरोपमा रहेका आफन्तलाई नेपालमै बसेर रिक्वेस्ट रेमिटमार्फत रेमिट्यान्स पठाउन आग्रह गर्न सकिने छ।

जस अन्तर्गत नेपालमा रहेका व्यक्तिले आफूलाई आवश्यक परेको रकम विदेशस्थित आफन्तलाई पठाउन आग्रह गर्दै बैंकको लिंक पठाउन सक्ने छन्। उक्त लिंकमा गएर विदेशमा रहेका नेपालीले सजिलै र सहज रुपमा रेमिट्यान्स नेपाल पठाउन सक्ने छन्।

यो सुविधा विदेशमा रहेका नागरिकहरुले क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट र ट्रान्सफर प्रयोग गरी पनि पठाउन सक्ने बैंकले जनाएको छ।

विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाईरहेको अहिलेको परिवेशमा अमेरिका, युरोप तथा नेपालमा बसेका ग्राहकले बिना झन्झट एकै क्लिक गरि घरमै बसेर उक्त रेमिटान्स सुविधाको प्रयोग गर्न सक्ने छन्।

यो सुविधाको प्रयोग रेमिटान्स पठाउने र पाउने दुवैले उपयोग गर्न सक्नेछन्। हाललाई अमेरिका तथा युरोपमा रहेका नागरिकहरुले मात्र यो सुविधा प्रयोग गर्न सक्नेछन्।

बैंकले मोबाइल बैंकिङ एपलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दै ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप मार्फत नवीनतम सुविधाहरु थप्दै ल्याइरहेको बताएको छ।