काठमाडौं – नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र-२ मा दाबी गरेको छ। यो क्षेत्रबाट पूर्वसभामुख ओनसरी घर्तीको नाम सिफारिस समेत भएको छ।
२०७४ को चुनावमा निर्वाचित सांसद माधवकुमार नेपालले मंसिर ४ गते हुने चुनावमा रौतहट जाने तयारी गरेपछि माओवादीले काठमाडौं २ मा आफ्नो दाबीसहित घर्तीको नाम सिफारिस गरेको हो।
माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ चैत २८ मा भएको पहिलो संविधानसभा निर्वाचनमा उहाँ समानुपातिक सभासद हुनु भयो ।
२०७० मा उहाँले रोल्पा क्षेत्र नम्बर २ बाट दोस्रो संविधानसभा सदस्यमा चुनाव जित्नु भयो । २०७४ मा उहाँ समानुपातिक सांसद बस्न्नु भयो ।





प्रतिक्रिया