अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरेन्द्रनगर नगरपालिका एक्सनमा : सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन थालियो

वीरेन्द्रनगर नगरपालिका एक्सनमा : सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन थालियो


सुर्खेत – आफूले सात दिन अघि जारी गरेको उर्दी कार्यन्वयन गर्न सक्ला नसक्ला भन्ने आशंका बीच सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ ।
नगरपालिकाले बजार क्षेत्रमा सावर्जनिक जग्गा मिचेर बनाइएका संरचना आफैं हटाउन सम्बन्धीत व्यक्तिहरुलाई लक्षित गरेर २१ भदौमा सुचना जारी गरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नुरहरी तिवारीले सुचना जारी गरेर सडक विस्तारमा अवरोध गरेका सबै संरचना आफैं हटाउन नहटाएमा प्रचलित कानुन अनुसार नगरपालिकाले एक्सन लिने व्योहोराको सुचना जारी गर्नुभएको थियो ।
सो अनुसार आज मंगलगढी चौकबाट प्रवेश गर्ने मुख्य बजार क्षेत्रमा रहेका विद्युत, नेपाल टेलिकमका पोल तथा तारहरु र सडक किनारामा रहेका अशोकका रुखहरु हटाउन थालेको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र मंगलगढी–गणेशचौकसम्मको झण्डै एक हजार सात सय मिटर सडक विस्तार गर्नुपर्ने भएकाले सडकका दुवै किनारामा रहेका अवैध संरचना हटाउन काम थालिएको नगरपालिकाले जनाएको छ ।
सडक विस्तारका लागि गत वर्ष नै ठेक्का लगाएको भए पनि अवैध संरचनाका कारण निर्माण काम भएको थिएन । संरचना हटाइएर साइट क्लियर गर्ने जिम्मा नगरपालिकाको थियो । नगरपालिकाले जारी गरेको सुचना मुताबिक सरकारी कार्यलय र व्यक्तिहरुले सार्वजनिक जग्गा मिचेर बनाइएको संरचना नहटाएकोले आजबाट नगरपालिका एक्सनमा गएको हो ।