अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागढुंगा सुरुङमार्ग प्रगति १२.९० प्रतिशत

नागढुंगा सुरुङमार्ग प्रगति १२.९० प्रतिशत


काठमाडौं-निर्माणाधीन नागढुंगा (सिस्नेखोला) सुरुङमार्ग आयोजनाको कुल प्रगति १२.९० प्रतिशत पुगेको छ। सुरुङ छेड्ने काम भने आगामी ७ महिनामा पूरा हुने बताइएको छ।

आइतबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, ‘काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ५ सय ४३ सुरुङ खन्ने काम पूरा भएको छ।’ सुरुङमार्गको २५ सय ५७ मिटरमध्ये १ हजार ७ सय १५ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

वर्किड अडिट १ सय २७ मिटर पूरा भएको छ भने ऋस प्यासेज १ सय २८ मिटरमध्ये ७४।२० मिटर पूरा भएको छ। आयोजनाको कुल भौतिक प्रगति ४२ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४७ प्रतिशत छ।