अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिनियाँ सभामुख ली चान्सु आज स्वदेश फर्किँदै

चिनियाँ सभामुख ली चान्सु आज स्वदेश फर्किँदै


काठमाडौं-चार दिने नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली तथा सभामुख चान्सु आज स्वदेश फर्कने कार्यक्रम छ ।

सोमबार नेपाल आएलगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय भएका उहाँ आज बिहान स्वदेश फर्कनु हुनेछ ।

नेपाल भ्रमणको क्रममा लीले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।