काठमाडौं -नेकपा एमालेले समानुपातिक सुचीको तयारी अन्तिम चरणमा पु¥याएको छ । भोली वा पर्सी बस्ने सचिवालयको बैठकले ‘कोर अफ दि लिडर’ले तयार गरेको सुचीलाई अन्तिम रुप दिनेछ ।
स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओली आफैं सिफारिस भएर आएका नामलाई मिहिन अध्ययन गर्दै हुनुहुन्छ । यस बाहेक सचिवालयमा रहेका अध्यक्ष विस्वास पात्रहरु पनि समानुपातिकका नामहरुलाई केलाउन र सर्ट लिस्टिङ गर्न व्यस्त छन् ।
सचिवालयलको बैठक भोली बस्ने कि पर्सी बस्ने भन्ने टुंगो लागेको छैन । असोज २ र ३ गते समानुपातिक तर्फका उम्मेद्वारको सुची निर्वाचन आयोगमा बुझाउनु पर्ने हुनाले अबका दुई दिनमा जिल्ला,प्रदेश र जनसंगठनबाट आएका नामहरुलाई अन्तिम रुप दिइने उपमहासचिव एवं निर्वाचन विभागका प्रमुख विष्णु रिमालले जानकारी दिनुभयो । ‘सकेसम्म हामी असोज २ गते नै निर्वाचन आयोगमा समानुपातिक तर्फका नामहरु बुझाउने तयारीमा छौं ’ रिमालले यो बेलासँग भन्नुभयो ‘त्यसका लागि भोली वा पर्सी सचिवालय बैठक बस्छ । समयको तय भइसकेको छैन । ’
संघ,प्रदेशका प्रत्यक्ष र समानुपातिक दुवै तर्फका नाम सिफारिस भएर केन्द्रीय कार्यलयमा आएकोले टिकट माग्न अध्यक्ष केपी शर्मा ओली र अन्य नेताहरुकहाँ लविङ गर्ने नेताहरुको चाप अत्याधिक बढेको छ । अध्यक्ष ओलीको निवास बालकोटमा बहिान ६ बजे देखि राती १२ बजेसम्म जिल्ला जिल्लाबाट आएका नेताहरुको अत्याधिक भिड लाग्ने गरेको छ । ‘अध्यक्षसँगको भेटका लागि समय व्यवस्थापन गर्ने अवस्थै छैन’ अध्यक्षको सचिवालय भन्छ ‘समय नलिएरै आउनेहरुका कारण उहाँले आन्तरिक काम,दस्तावेज र उम्मेद्वारका सम्बन्धमा व्यक्तिगत सोधखोज गर्न पनि पाउनु भएको छैन ।’
निवासमा अध्याधिक चाप भएका कारण अधिकांस भेटघाटहरु पार्टी कार्यलयतर्फ मोडिएको छ । तथापी जिल्लाबाट आएको नेता कार्यकर्ता निवासतर्फ नै धाइरहेका छन् ।
समानुपातिकको नाम टुंगिएपछि काठमाडौं धाउन नेताहरुको संख्या आधा घट्ने अनुमान गरिएको छ । केन्द्रीय कमिटीले एउटा निर्वाचन क्षेत्रबाट सके सर्वसम्मत नत्र एक महिला सहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन गरे पनि २० जनासम्मको नाम केन्द्रमा पठाइएको छ । केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार जिल्ला र प्रदेशबाट ठूलो संख्यामा नामहरु केन्द्रीय कार्यलयमा पठाइएको छ ।‘ नामहरु केलाउने काम भइरहेको छ’डा.अधिकारीले भन्नुभयो ।





प्रतिक्रिया