काठमाडौं-भदौयता बन्द भएका २ वटा चिनियाँ नाका खुलेका छन् । चीनले तिब्बतमा कोरोना भाइरसको प्रकोप बढेको भन्दै भदौ पहिलो सातादेखि नाका बन्द गरेको थियो ।
चीनले नाका खोलेसँगै १ महिनापछि आजदेखि रसुवागढी नाका सञ्चालनमा आएको छ । उक्त नाकाबाट चीनले कन्टेनर छाड्ने लागेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । यो नाकाबाट आज १० वटा कन्टेनर नेपाल भित्रिन कार्यालयले जनाएको हो ।
यस्तै, तातोपानी भन्सार नाकाबाट पनि सामान भित्रिन थालेको छ । नेपालको चारदिने भ्रमणमा आएका चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुसँगको भेटमा नेपालका सबैजसो नेताले नाकाको अवरोध हटाउन अनुरोध गरेसँगै चीनले नाकाबाट सामान पठाउन सुरू गरेको हो ।







प्रतिक्रिया