अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फुटपाथ व्यवसायीले घेरे काठमाडौं महानगरको कार्यालय

फुटपाथ व्यवसायीले घेरे काठमाडौं महानगरको कार्यालय


काठमाडौं – फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै आन्दोलन गर्दै महानगरपालिकाको कार्यालय घेराउ गर्दै नाराबाजीसमेत गरेका हुन् ।

महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले विकल्पबिना नै व्यापार व्यवसायबाट लखेटिएको भन्दै आन्दोलन गरेका हुन्।

काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र साह निर्वाचित भएसँगै अनधिकृत रूपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी आन्दोलित भएका हुन्। साना व्यवसायीहरू सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर कार्यालय घेराउ गरेका हुन्।