अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशको विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्छ : अध्यक्ष ओली

देशको विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्छ : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको विशेष महत्व रहेको बताउनु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ को चुनावलाई सामान्य रुपमा लिन नहुने बताउनुभयो । सो चुनावमा एमाले हार्नै नमिल्ने उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यो निर्वाचन लोकतान्त्रिक प्रणालीमा आइरहने आवधिक निर्वाचन जस्तो होइन, यो निर्वाचन सामान्य निर्वाचन होइन, यसको विशेष अर्थ छ विशेष महत्व छ, यो निर्वाचनमा एमाले हार्नै मिल्दैन, देशका लागि, जनताका लागि, लोकतन्त्रका लागि, भ्रष्टाचार नियन्त्रणका लागि, शान्ति सुव्यवस्थाका लागि, स्थिरता स्थायित्वका लागि, देशको विकासको अभियान अगाडि बढाउनका लागि  हार्न मिल्दैन ।’

गठबन्धनले देशलाई बर्बादीतिर लगिरहेको अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘गठबन्धनले देशलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक हरेक हिसाबले अधपतनतिर लगिराखेको छ, निर्लज्ज ढंगले देशलाई ओरालो लगाइराखेको छ । यसबाट बचाउनका लागि एमाले बाहेक अरु कसैले सक्दैन, त्यसकारण एमालेले जित्नुपर्छ, देशका लागि एमालेले जित्नुपर्छ, यसका लागि अत्यनन्तै तीब्र ढंगले तयारी गरौं ।’

एमालेलाई पराजित गर्न सजिलो नभएकाले गठबन्धन गर्नु परेको र अदालत जानु परेको उहाँले बताउनुभयो। आडम्बरले देश नबन्ने भन्दै अध्यक्ष ओलीले सही विचार र नीतिले मात्र देश बनाउन सकिने बताउनुभयो।