काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनतालाई माया गर्ने पार्टी एमाले भएको बताउनु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले देश र जनतालाई माया गर्ने बताउनुभयो । देश, जनता र विकासको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै रहेको उहाँको भनाइ छ ।
एमालेको नीति देश बनाउने नीति रहेको बताउँदै उहाँले भन्नुभयो, ‘गलत नीतिबाट देशलाई जोगाउने काम एमालेले गर्छ ।’
पार्टी भनेको एउटा विचारको धागोमा उनिएको, एउटा गन्तव्यतर्फ उन्मुख, एकताल, एकसुर एक लयमा हिँडेने त्यसलाई पार्टी भनिन्छ । पार्टी मान्छेहरुको हुल होइन, विचार, उद्देश्य, गन्तव्यमा आवद्ध मानिसहरुको त्यो गन्तव्यमा बाटोहरु मिलेका मान्छेहरुको संस्था, संगठन हो ।
एमालेले देशको विविधता, भाषा र संस्कृतिलाई राष्ट्रको सम्पत्ति मान्दै त्यसको रक्षा र संरक्षण गर्ने पनि उहाँले बताउनुभयो । अर्काले के गर्यो भन्दा पनि आफूले के गर्ने भन्नेमा भर पर्नुपर्ने भन्दै उहाँले सोही अनुसार पार्टीमा भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । छिटफुट घटनालाई छोडेर आफ्नो उद्देश्यमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।
पार्टी भनेको मान्छेहरुको हुल मात्र नभएको अध्यक्ष ओलीले भन्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टी भनेको एउटा विचारको धागोमा उनिएको, एउटा गन्तव्यतर्फ उन्मुख, एकताल, एकसुर एक लयमा हिँडेने त्यसलाई पार्टी भनिन्छ । पार्टी मान्छेहरुको हुल होइन, विचार, उद्देश्य, गन्तव्यमा आवद्ध मानिसहरुको त्यो गन्तव्यमा बाटोहरु मिलेका मान्छेहरुको संस्था, संगठन हो ।’
कुम्भ मेलामा अगाडि गएर मेरा अगाडि त १० हजार मानिस छन् भनेर गफ दिन नहुने भन्दै उहाँले त्यहाँ भएकाहरुको उद्देश्य फरक-फरक हुने बताउनुभयो ।





प्रतिक्रिया