अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असोज २ देखि सर्वसाधारणलाई बैंकको शाखाबाट नयाँ नोट वितरण

असोज २ देखि सर्वसाधारणलाई बैंकको शाखाबाट नयाँ नोट वितरण


काठमाडौं – दशैं, तिहार र छठको लागि नयाँ नोट सर्वसाधारणले आइतबारदेखि बैंकहरुकै शाखाबाट पनि पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले त्यसका लागि नयाँ नोट बैंकहरुलाई दिइसकेको जनाएको छ। यसअनुसार असोज २ देखि वितरण गर्न भनिएको छ। एक बैंकले उपत्यकाको पाँच स्थानबाट वितरण गराउनुपर्ने उल्लेख छ।

एक व्यक्तिलाई १८ हजार पाँच सयको दरले वितरण गर्नुपर्ने उल्लेख छ। त्यसको लागि बैंकहरुले आधिकारिक सूचना जारी गर्नुपर्ने राष्ट्र बैंकले भनेको हो।