अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङ क्षेत्र-१ बाट कृष्ण महरासहित तीन जना सिफारिस

दाङ क्षेत्र-१ बाट कृष्ण महरासहित तीन जना सिफारिस


दाङ – दाङ क्षेत्र-१ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माओवादी नेता कृष्णबहादुर महरासहित तीन जनाको नाम सिफारिस भएको छ ।

महरासहित केन्द्रीय सदस्य नारायणी शर्मा ‘प्रतिक्षा’ र प्रदेश सचिवालय सदस्य लुमबहादुर कार्की ‘बद्री’को नाम सिफारिस गरिएको हो ।

महरा यसअघि रोल्पा र दाङ क्षेत्र-२ बाट पनि सिफारिस भएका छन् । महरा २०७४ सालको निर्वाचनमा दाङ क्षेत्र-२ बाट उम्मेदवार बन्नु भएको थियो ।

त्यस्तै प्रदेश क्षेत्र नम्बर १ (१) तर्फ इन्द्रजित थारु, लुमाकान्ता न्यौपाने, वीरेन्द्र चौधरी र धर्मराज अधिकारीको नाम सिफारिस भएको छ ।