काठमाडौं-संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक शुक्रवार आज बिहान ११ बजेका लागि बोलाइएको हो ।
आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्यहोरा सभामुखले पढेर सुनाउनु हुनेछ ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व .२०७७र०७८’ पनि आजको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रिय सभाको बैठक पनि आज दिउसो एक बजे बस्ने छ । बैठकमा विभिन्न प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।





प्रतिक्रिया